अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले लगातार तीन बैठकमा अनुपस्थित भएमा बिदा गर्ने 

एमालेले लगातार तीन बैठकमा अनुपस्थित भएमा बिदा गर्ने 


काठमाडौँ–नेकपा एमालेले लगातार तीन बैठकमा अनुपस्थित भएमा बिदा गर्ने भएको छ । एमालेले अन्तरपार्टी निर्देशन (अपानि)–७ जारी गर्दै सूचना पाएर पनि बिना कारण लगातार ३ बैठकमा अनुपस्थित भएमा पार्टीको सम्बन्धित कमिटीबाट बिदा गर्ने उल्लेख गरेको हो । 

यस्तै कमिटीलाई छरितो तुल्याउन पदाधिकारीबाहेकका रिक्त स्थानमा नयाँ सदस्य नथप्ने पनि एमालेले जनाएको छ ।   एमालेले ‘बैठकदेखि बैठकसम्म’ मात्र आफ्नो उपस्थिति जनाउने तर काममा नजुट्ने सदस्यहरूलाई सक्रिय हुन समय तोक्ने र तोकिएको जिम्मेवारी पूरा नगरे सचेत गराउने, स्पष्टीकरण माग्ने र कमिटीबाट स–सम्मान बिदा गर्ने बताएको छ ।  

काम ‘गर्नेलाई प्रोत्साहित’ र काम ‘गर्न नसक्नेलाई सम्मानसहित जिम्मेवारीबाट बिदा गर्ने’ परिपाटीलाई क्रमशः बलियो बनाउँदै लैजाने एमालेले जनाएको छ ।