अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्योधन पनि शासनमा लुब्ध थियो तर स्वाभिमानी थियो: अध्यक्ष ओली

दुर्योधन पनि शासनमा लुब्ध थियो तर स्वाभिमानी थियो: अध्यक्ष ओली


काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्ड जसरी पनि सत्ता लम्ब्याउने खेलमा लागेको बताउनु भएको छ।

बिहीबार पार्टी कार्यालयमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूको शपथ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई दुर्योधनसँग दाँज्दै प्रचण्ड पथको कुनै उद्देश्य र गन्तव्य नभए पनि सत्ता जोगाउने योजना मात्र रहेको बताउनु भयो।

उहाँले प्रधानमन्त्री प्रचण्डलाई सत्ता लोलुप र लेण्डुप दोर्जेसँग पनि तुलना गर्नु भयो। उहाँले भन्नभयो, ‘देशको माया नभएको कायर सत्ता लोलुपहरुलाई देशको माया र चिन्ता हुँदैन। गीताको पुस्तक लिएर हलो जोत्न गयो भने गोरुले थाहा पाउँदैन। किताब किन देखाएको भन्ने ज्ञानगुन उसले ग्रहण गर्दैन । लौरो देखायो भने अलिकति छिटो हिँड्छ। किनभने उसले लौरो बुझ्छ गीता, वेद, बाइबल र कुरान बुझ्दैन।’

देशको माया नभएको कायर सत्ता लोलुपहरुलाई देशको माया र चिन्ता हुँदैन। गीताको पुस्तक लिएर हलो जोत्न गयो भने गोरुले थाहा पाउँदैन। किताब किन देखाएको भन्ने ज्ञानगुन उसले ग्रहण गर्दैन । लौरो देखायो भने अलिकति छिटो हिँड्छ। किनभने उसले लौरो बुझ्छ गीता, वेद, बाइबल र कुरान बुझ्दैन।

उहाँले देशको अवस्था भयावह भए पनि प्रधानमन्त्री प्रचण्डले जानी बुझी शासन लम्ब्याउनेबाहेक कुनै चिन्ता र चासो नरहेको बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘जसरी भए पनि सत्ता प्राप्त गर्ने, त्यसका लागि जहाँ जे जसरी । गेरुबस्त्र भिरेर, भैँसी पुजेर, रुद्राक्ष बोकेर। शासनमा लुब्ध दुर्योधन पनि त्यस्तै थियो तर उ स्वाभिमानी थियो। यो चाहिँ प्रचण्ड पथ हो । प्रचण्ड पथ प्रचण्ड छउन्जेल रहिरहन्छ। यो भनेको गन्तव्य र उद्देश्य नभएको सत्ता स्वार्थ मात्र भएको हो।’