अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीको एक वर्षे अभियानलाई सघाउने कार्ययोजना बनाउन एमालेका जनसंगठनको बैठक

पार्टीको एक वर्षे अभियानलाई सघाउने कार्ययोजना बनाउन एमालेका जनसंगठनको बैठक


काठमाडौं -नेकपा एमाले जनसंगठन सञ्चालन संयन्त्रको बैठक केन्द्रीय कार्यलय च्यासलमा सुरु भएको छ ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीको एक वर्षे अभियानका विषयमा छलफल हुने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार पर्टी सचिवालयले पदाधिकारी लगायत केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेपछिको परिस्थितीमा जनसंगठनहरुको परिचालन कसरी गर्ने भन्ने विषयमा महासचिव पोखरेलले निर्देशन दिनुहुनेछ । जनसंगठन परिचलानका प्रमुख भानुभक्त ढकालले पार्टीको अभियानलाई जनसंगठनहरुले के कसरी साथ दिने ,आफ्ना अभियानहरु कसरी अघि बढाउने भन्ने विषयमा प्रस्ताव गर्ने कार्यसुची रहेको छ ।