अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाको कार्यकारिणी समितिको बैठक सुरु

जसपाको कार्यकारिणी समितिको बैठक सुरु


काठमाडौँ-जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ।

ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन,समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जसपाले बताएको हो।

असार १० गतेदेखि काठमाडौँमा विधान अधिवेशन सुरु हुने भनिएको छ। जसपा अन्तरिम संविधानका आधारमा चलिरहेको छ। त्यही भएर विधान अधिवेशन गर्न लागिएको हो । विधानलाई समय सान्दर्भिक बनाउँदै पार्टीको महाधिवेशन पनि गराउने निर्णय पनि विधान अधिवेशनले गर्ने बताइएको छ।