अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेम संघ कर्णालीको अध्यक्षमा पद्मा खड्का

अनेम संघ कर्णालीको अध्यक्षमा पद्मा खड्का


काठमाडौं- नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको अधिवेशनले सर्खेतकी पद्मा खड्कालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।
सुर्खेतको हिजो देखि सुरु भएको सम्मेलन आज नेतृत्व चयन गर्दै समापन भएको हो ।
नेकपा एमालेकी प्रदेश कमिटी सदस्य एवं अनेम संघकी केन्द्रीय सदस्य समेत रहेकी खड्का अध्यक्षमा चयन हुँदा उपाध्यक्षमा कुमारी थापा र अम्बिका बोहरा, सचिवमा तारा शाही, सहसचिवमा कोकिला सिंह ठकुरी र कोषाध्यक्षमा चन्द्रिका महरा चयन हुनु भएको छ । अधिवेशनले ५१ सदस्यीय नयाँ कमिटी चयन गरेको छ ।