अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बजेट पारितमा समर्थन नगर्ने, संशोधनको माग 

एमालेले बजेट पारितमा समर्थन नगर्ने, संशोधनको माग 


काठमाडौँ-नेकपा एमालेले बजेट पारित हुन नदिने भएको छ । आज यो बेलासँग कुरा गर्दै एमाले संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले सरकारले ल्याएको बजेटमा एमालेको कुनै समर्थन नहुने बताउनुभयो । 

सचेतक बर्तौलाले यथास्थितिमा बजेटमा एमालेको समर्थन नरहने बताउनुभयो । बजेट जस्ताको त्यस्तै पास भयो भने नेपाल फेरि केही वर्ष पछाडि धकेलिने भन्दै उहाँले गठबन्धनले गलत आर्थिक प्रणाली अवलम्बन गरेकाले आर्थिक वृद्धि हासिल गर्न नसकिने बताउनुभयो ।  

‘अर्थमन्त्री ज्यूले जबाफ दिएपछि प्रस्टीकरण माग्छौँ । सरकारसँग बहुमत छ, बहुमतको दम्भ देखाएर बजेट पारित गर्छन् होला । उद्योग व्यवसायीलाई उत्साह हुनेगरी बजेट आएको छैन । उत्पादन वृद्धि गर्ने, युवालाई रोजगारी कसरी दिने भन्ने बजेटमा केही छैन’, सचेतक बर्तौलाले भन्नुभयो, ‘सबै कुरामा हामीले सुझाव राखेका छौँ । निर्वाचन आयोगका जिल्ला कार्यालय खारेज गर्ने लोकतन्त्र विरोधीको काम गर्नुभएको छ । यसमा पनि हाम्रो विरोध छ । यो बजेटले मुलुकलाई कुन दिसामा लग्ने भन्ने कुरामा दिशानिर्देश गरेको छैन । पुनःलेखन नभएपनि संशोधन गर्नुपर्छ ।’ 

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले सांसदहरुले राखेका प्रश्नको जबाफ दिने कार्यक्रम रहेको छ ।