अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२०८४ मा कसैसँग तालमेल नगरी एकल बहुमत ल्याउछौं: शंकर पोखरेल

२०८४ मा कसैसँग तालमेल नगरी एकल बहुमत ल्याउछौं: शंकर पोखरेल


काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी २०८४ को चुनावमा कसैसँग तालमेल र सहकार्य नगरी पार्टीले एकल बहुमत ल्याउने तयारी थालेको बताउनु भएको छ।

केन्द्रीय कमिटी र सचिवालय बैठकको निचोड बताउँदै उहाँले मिसन २०८४ अनुरूप पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा सुदृढ गर्ने लक्ष्य रहेको बताउनु भयो ।

‘केन्द्रीय कमिटीको पाँचौं बैठकको निर्णयको जगमा सचिवालयले गरेको कार्यविभाजनका आधारमा कामलाई प्रभाककारी ढंगले अघि बढाउने सन्दर्भमा केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ। त्यसले जिल्ला बाहिरवाट जानुहुने इन्चार्जलाई काममा अनुकूलता सिर्जना गर्ने तथा पालिका इन्चार्जहरूाई पालिकाको कामको नेतृत्व गर्नका लागि संयन्त्र निर्माण गर्ने सन्दर्भमा योजना बनेको छ। अब यथाशीघ्र तोकिएअनुसारको जिम्मेवारी हस्तान्तरण र बहन गर्नका लागि योजना बनाउनु पर्छ।’

जनसंगठनको समन्वयका लागि प्रदेश तहमा समेत केन्द्रीय सदस्यलाई संयोजनको जिम्मेवारी प्रदान गरिएको र त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा विस्तृत योजना बनेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘एक वर्षका लागि तय गरिएको यो विशेष कार्ययोजना र कार्य विभाजनको विशेष अर्थ र महत्त्व रहेको छ। पार्टी निर्णय र निर्देशन अनुरूप जिम्मेवारीलाई सिर्जनात्मक र प्रभावकारी रूपमा सम्पादन गर्न अनुरोध छ।’