अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस पार्टी कसैको निजी कम्पनी होइन, अब मनलाग्दी चल्दैन: गुरु घिमिरे

कांग्रेस पार्टी कसैको निजी कम्पनी होइन, अब मनलाग्दी चल्दैन: गुरु घिमिरे


दाङ-नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेस पार्टी कसैको निजी कम्पनी नभएको बताउनु भएको छ।

दाङको घोराहीमा आज नेपाली काँग्रेस रुपान्तरण अभियानको अन्तरक्रिया कार्यक्रममा घिमिरेले कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको र पार्टीभित्र कुनै व्यक्तिले मनलाग्दी गर्न नपाउने बताउनु भएको हो।

गोजीबाट नेता छान्ने, टिकट बाड्ने गर्न नपाइने भन्दै नेता घिमिरेले पार्टी विधिमा चल्नुपर्ने बताउनु भयो । उहाँले वीपी कोइरालाले स्थापना गरेको पार्टी अहिले कुनै व्यक्तिको निजी मामला बनेको भन्दै सच्चा कार्यकर्ताहरू अब बोल्ने बेला आएको बताउनु भयो।

पार्टीको केन्द्रीय बैठक लामो समयदेखि नबस्दा नेताहरु बाहिर बोल्न बाध्य भएको उहाँको भनाइ छ। पार्टीको रुपान्तरणका लागि देशभरिका कार्यकर्ता जुट्न समेत घिमिरेले आग्रह गर्नुभयो।