अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्युठानमा तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

प्युठानमा तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु


प्युठान-प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कंदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका-४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको थियो।

मृत्यु हुनेमा लमही नगरपालिका-५ का कार चालक ताराबहादुर कुमाल, लमही-७ बस्ने वर्ष ४० को गोविन्द शाह, उनकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह रहेका प्रहरीले जनाएको छ।