अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता: शंकर पोखरेल

मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको बताउनुभएको छ।

एमाले प्रचार विभागले आज यहाँ पार्टी मुख्यालयमा आयोजना गरेको ‘मुलुकको वर्तमान राष्ट्रिय राजनीति स् अबको बाटो’ विषयक अन्तरक्रियामा उहाँले मुलुकको राष्ट्रिय समस्या समाधानका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभयो।

नेपालमा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नदिनका लागि राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयास हुने गरेको उहाँको भनाइ छ। उहाँले बलियो राष्ट्रिय राजनीतिक शक्ति स्पष्ट नीति, उद्देश्य, लक्ष्य गन्तव्यमा भएको एमालेमात्र बन्ने बताउनुभयो। “नेपालमा राजनीतिक अस्थिरता सिर्जना गर्नका लागि केहीले सांस्कृतिक अतिवादलाई प्रवद्र्धन गर्ने, कहिले  लोकप्रियताका नाममा नेपाल बलियो राजनीतिक शक्ति निर्माण गर्ने प्रक्रिया अवरोध सिर्जना गर्ने खालका प्रयास भइरहेका छन्”, उहाँले भन्नुभयो।
उहाँले बलियो राष्ट्रिय शक्तिको निर्माण नेतृत्वको जग र स्पष्ट गन्तव्यमा आधारित भएरमात्र निर्माण हुने भन्दै त्यसले मात्र मुलुकको समस्या समाधान गर्न सक्ने भनाइ राख्नुभयो। उहाँले एमालेसँग नीति, लक्ष्य र उद्देश्यमा प्रतिस्पर्धा गर्न अन्य राजनीतिक दललाई आह्वान गर्नुभयो। 
महासचिव पोखरेलले मुलुकमा रहेको समस्या र चुनौतीलाई समाधान गर्नका लागि सञ्चारमाध्यमले पनि बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने प्रक्रियामा सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले एमालेलाई बलियो राजनीतिक शक्ति निर्माणका लागि विभाजित भएका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा आउन आह्वान गर्नुभयो । उहाँले एकता र एकीकरणका लागि उदार नीति अवलम्बन गरिएको समेत स्पष्ट पार्नुभयो। 
महासचिव पोखरेलले एमाले जनताको बहुदलीय जनवादको सैद्धान्तिक आधारमा स्वच्छ प्रतिस्पर्धा गर्ने लोकतान्त्रिक पार्टी भएकाले जनताले रुचाएको बताउनुभयो। सोही अवसरमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले पूर्ण स्वतन्त्रता सहितको लोकतन्त्रलाई विश्वास गर्ने भएकाले पार्टीका गतिविधिलाई सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने बताउनुभयो । सोही अवसरमा प्रचार विभागको जिम्मेवारी पाउनुभएको नेता गौतमलाई निवर्तमान प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माइन्युट हस्तान्तरण गर्नुभयो।