अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार छाड्न तयार छौँ, कसैसँग सम्झौता गर्दैनौँ: गगन थापा

सरकार छाड्न तयार छौँ, कसैसँग सम्झौता गर्दैनौँ: गगन थापा


हेटौँडा-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताउनु भएको छ।

कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र-२ र प्रदेशसभा-२ को संयुक्त आयोजनामा हेटौँडामा गरिएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस विचारप्रधान पार्टी भएकाले बरु सरकार छाड्नुपरे छाड्ने तर,कसैसँग सम्झौता नगर्ने बताउनु भयो ।

महामन्त्री थापाले आमनागरिकमा राजनीतिप्रति वितृष्णा जागेको, आत्मविश्वास र आशा गुमाइरहेको भन्दै आफ्नो पार्टीले जनताको भावनामा आँच नआउने गरी काम गर्ने दृढता व्यक्त गर्नुभयो ।