अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विकास र समृद्धिका लागि अस्थिरता र अराजकता गम्भीर चुनौती: शंकर पोखरेल

विकास र समृद्धिका लागि अस्थिरता र अराजकता गम्भीर चुनौती: शंकर पोखरेल


काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको बताउनु भएको छ।

बुधबार सामाजिक सञ्जालमा लेख्नुहुँदै महासचिव पोखरेलले भन्नुहुन्छ, ‘यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको छ।’

महासचिव पोखरेलले राजनीतिक अस्थिरता रोक्न मधेस सरकारलाई एमालेले समर्थन गरेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजनीतिक अस्थिरताका विरुद्धमा एमालेले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्नुभएको छ। साथै उहाँले बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको उल्लेख गर्नुभएको छ।

यतिबेला मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको महासचिव पोखरेलले बताउनुभएको छ।