अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनकै कारण मुलुक अस्थिरतातर्फ धकेलियो: प्रदीप ज्ञवाली

गठबन्धनकै कारण मुलुक अस्थिरतातर्फ धकेलियो: प्रदीप ज्ञवाली


नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण मुलुक अस्थिरतातर्फ थकेलिएको बताउनु भएको छ। हालको गठबन्धनले स्वतन्त्रतातर्फ नभएर बिस्तारै शक्तिकेन्द्रतर्फ धकेल्न लागिरहेको उहाँले बताउनु भयो।

बुधबार मकवानपुरमा भएको जिल्लास्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले नेपाली कांग्रेससहितका सत्तासिन दलकै कारण मुलुक अस्थिरतातर्फ धकेलिएको बताउनु भयो।

‘नेपाल र भारतको बीचमा डरलाग्दो व्यापार घाटा छ। भारतमा उत्पादन भएका सामानहरु खुरुखुरु हाम्रो भान्सासम्म पुगेका छन्। उहाँले भन्नुभयो, ‘नेपालमा उत्पादन हुने सामानहरु पनि भारतबाट आयात गरे जसरी नै निर्यात गर्न सके नेपालको मुहार फेरिनेमा सरकार त्यसतर्फ लागेको पाइएको छैन।’

भारतले जे भन्यो सोही कुरामा सरकार सकारात्मक देखिँदा नेपाल अस्थिरतातर्फ धकेलिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालको उर्जा उत्पादनमाथि भारतले एकप्रकारको वर्चश्व कायम गर्न खोजिरहेकोमा अहिलेको सरकार मौन बस्नु मुलुकको हितमा छैन।’