अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसमा एमालेलाई पहिलो पार्टी बनाउने उद्घोषका साथ योगेश जनकपुरमा

मधेसमा एमालेलाई पहिलो पार्टी बनाउने उद्घोषका साथ योगेश जनकपुरमा


जनकपुर- नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस प्रदेश इन्चार्जको जिम्मेवारी बहन गर्न जनकपुर पुग्नु भएको छ ।
भट्टराईलाई आज जनकपुरमा आयोजित एक कार्यक्रमका बीच पार्टीको मधेस इन्चार्जको जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम छ । केहीबेरपछि सुरु हुने मधेस प्रदेशको सचिवालय बैठकमा पूर्व इन्चार्ज रघुबीर महासेठले भट्टराईलाई मधेसको इन्चार्ज हस्तान्तरण गर्ने कार्यक्रम छ ।
पार्टी सचिवालयको दुई हप्ता अघि भएको बैठकले नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर गर्दै उहाँलाई मधेसको जिम्मेवारी दिएको थियो । मिसन ग्रासरुटमा कर्णाली खटिएका नेता भट्टराईले मधेसमा नेकपा एमालेलाई फराकिलो अन्तरमा पहिलो पार्टीको रुपमा स्थापित गराउने प्रतिवद्धता जनाउनु भएको छ । मधेसमा यस अघि रघुबीर महासेठ इन्चार्ज हुनुहुन्थ्यो ।