अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने पार्टी एमाले मात्रै हो: प्रदीप ज्ञवाली

भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने पार्टी एमाले मात्रै हो: प्रदीप ज्ञवाली


मकवानपुर -नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावलीले आफ्नो पार्टीले भ्रष्टाचार गर्न नदिने र गर्नेले छुट नपाउने बताउनु भएको छ।

नेकपा एमाले मकवानपुर  जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले भ्रष्टाचारको उजागर गर्ने, भ्रष्टाचारीलाई कारवाही गर्ने र भ्रष्टाचार विरूद्व संघर्ष गर्ने पार्टी नेकपा एमाले मात्रै रहेको बताउनु भएको हो।

राष्ट्रियता रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, विकास र समृद्वि तथा सुशासनको बारेमा नेकपा एमाले कुनै सम्झौता नगर्ने उहाँले बताउनु भयो।

पार्टीप्रति चौतर्फी घेराबन्दी हुनु, मुलुकमा भ्रष्टाचार व्यप्त हुनु, राष्ट्रियता कमजोर हुनु, लोकतन्त्रको विरूद्वका शक्ति सल्बलाउनु कुनै संयोग नभएर मुलुकलाई कमजोर बनाउने योजनावद्ध षडयन्त्र भएको दाबी समेत उहाँले गर्नुभयो।

पार्टी सदस्य र कमिटीलाई चुस्त राख्दै जनताको समस्या र दुःखमा सहभागी भएर सबैखालका भ्रमहरूलाई चिर्दै नेकपा एमालेलाई सुदृढ बनाउँदा मात्र विरोधीहरूको जस्तोसुकै षडयन्त्र समाप्त पार्न सकिने महासचिव ज्ञवालीले बताउनु भयो।