अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजबाट उपत्यका बाहिर जाने सवारीसाधन नयाँ बसपार्कबाट मात्रै  छुट्ने 

आजबाट उपत्यका बाहिर जाने सवारीसाधन नयाँ बसपार्कबाट मात्रै  छुट्ने 


काठमाडौँ-काठमाडौँ महानगरपालिकाबाट बाहिर जाने सवारी साधन आजदेखि नयाँ बसपार्कबाट मात्रै छुट्ने भएका छन् । 

आजदेखि काठमाडौँ महानगरभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोङ्गबुबाट मात्रै सञ्चालन गर्न  महानगरपालिकाले निर्देशन दिएको छ ।  

‘निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारी साधन सञ्चालन गर्न सूचित गरिन्छ, महानगरले भनेको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधनको हकमा कलङ्कीदेखि जडीबुटीसम्म सवारी साधन रोक्न निषेध गरिएको छ ।’

उक्त निर्णय लागू नगरे नियमानुसार कानुनी कारबाही हुने ब्यहोरा महानगरले चेतावनी दिएको छ ।