अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसका मूख्यमन्त्रीलाई शंकाको सुविधा दिएर एमालेको विश्वासको मत

मधेसका मूख्यमन्त्रीलाई शंकाको सुविधा दिएर एमालेको विश्वासको मत



जनकपुर — नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत दिएको बताउनुभएको छ । एमालेले मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी दिएपछि पहिलो पटक जनकपुरधाम पुग्नुभएका एमाले सचिव भट्टराईले शंकाको सुविधाकै आधारामा एमालेले मधेस सरकारलाई विश्वासको मत दिएको बताएका हुन् ।
भट्टराईले मधेस सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा मानवीय सूचकांकमा सबैभन्दा पछाडि परेको प्रदेश रहेकाले विकासको खाँचो रहेको बताए । उनले प्रदेशको विकासका लागि कोही पनि विरोधी बन्नु नहुने बताउनु भयो । उनले एमालेबाट प्रदेश विकासमा कुनै विरोध नहुने स्पष्ट पारे ।
‘मधेश प्रदेश आर्थिक, सामाजिक रूपमा पछाडि परेको प्रदेश हो, यो प्रदेशको विकासमा हामी अवरोध बन्नु हुँदैन सोचेर नै मुख्यमन्त्रीजीलाई विश्वासको मत दिएका हौँ, यसमा हाम्रो कुनै राजनीतिक लेनदेन भएको होइन,’ भट्टराईको भनाइ छ ।

भट्टराईले नागरिकता समस्या समाधान गर्नका लागि फेरि नयाँ विधेयक नै ल्याउनुपर्ने स्पष्ट पारे । जन्मसिद्धका नागरिकले वंशजको नागरिकता पाउनुपर्ने एमालेको स्पष्ट धारणा रहेको बताउँदै वर्तमान सरकारले प्रमाणीकरण गराएको विधेयकमा आफूहरुको केही विषयमा आपत्ति रहेको बताउनुभयो ।