अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकतान्त्रिक आदिवासी जनजाति महासंघको संगठन विस्तार अभिमुखिकरण कार्यक्रम सम्पन्न

लोकतान्त्रिक आदिवासी जनजाति महासंघको संगठन विस्तार अभिमुखिकरण कार्यक्रम सम्पन्न


काठमाडौं-नेकपा एमाले संवद्ध जनवर्गिय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रीय कमिटीको आयोजनामा संगठन विस्तार तथा सदस्यता वितरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रीय अध्यक्ष पासङ शेर्पाको अध्यक्षतामा समुद्घाटन भएको कार्यक्रमलाई महासंघका केन्द्रीय उपमहासचिव देवराज राइले संचालन गर्नु भएको थियो।

संगठन विस्तार तथा सदस्यता वितरण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा स्थायी कमिटी सदस्य जन संगठन संयन्त्रका इन्चार्ज तथा पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल प्रमुख अतिथि हुनुहुन्थ्यो। त्यसैगरी विशिष्ट अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराई हुनुहुन्थ्यो।

कार्यक्रममा जनवर्गिय संगठन सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालमा आवद्ध रहेका सम्पुर्ण जातीय घटक संगठनका पदाधिकारीहरु समेतको उपस्थितमा रहेको थियो।