अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड नेतृत्वको सरकार लामो समय चल्नु हुँदैन, देश बर्वाद हुन्छ: गोकर्ण विष्ट

प्रचण्ड नेतृत्वको सरकार लामो समय चल्नु हुँदैन, देश बर्वाद हुन्छ: गोकर्ण विष्ट


पोखरा-नेकपा एमालेका सचिव गोकर्ण विष्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार लामो समय चल्नु देशका लागि राम्रो नभएको बताउनु भएको छ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव विष्टले यस्तो बताउनु भएको हो।

यो सरकार आफ्नै खुट्टामा नउभिएकाले लामो समय चल्नु देशका लागि राम्रो नहुने सचिव विष्टले बताउनु भयो। उहाँले भन्नुभयो, ‘यो सरकार आफ्नै खुट्टामा उभिएको छैन। यो सरकारको नीति, कार्यक्रम, बजेट, कार्यशैली र यसले जनतालाई दिइरहेको सेवालाई हेर्ने हो भने यो सरकार लामो समय चल्नै हुँदैन। यो सरकार जति लामो समय चल्छ। त्यतिनै देशको अधोगति हुन्छ, त्यति नै देशको प्रगति रोकिन्छ। त्यसकारण यो सरकार लामो समय चल्नै हुँदैन ।’