अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाजवादी मोर्चाबारे अध्यक्ष ओलीको टिप्पणी: लिभिङ टुगेदर चलेकै थियो त ?

समाजवादी मोर्चाबारे अध्यक्ष ओलीको टिप्पणी: लिभिङ टुगेदर चलेकै थियो त ?


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दल सम्मिलित समाजवादी मोर्चाको कुनै औचित्य नभएको बताउनु भएको छ।

शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै समाजवादी मोर्चा बनाउने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीहरुको निर्णयप्रति इंकित गर्दै फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गर्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘समाजवादी मोर्चा बनाएर हुन्छ के ? किन बनाउने ? तिनै चिनेका मान्छे हो, सँगै हिँडिरहेका छन्। मोर्चा भने पनि नभने पनि लिभिङ टुगेदर चलेकै छ। के मोर्चा के नमोर्चा ? समाजवादी मोर्चा किन बनाउने भन्दा एउटा नेकपा एमालेसँग मुकाबिला गर्न र अर्को कांग्रेसलाई तर्साउन ।’

उहाँले समाजवादी मोर्चा बनाउने कुरा एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मात्रै भएकोले डराउनु आवश्यक नरहेको बताउनुभयो।

उहाँले यस्ता मोर्चाको आस वास्ता गरिरहनुनपर्ने भन्दै २०८४ सालको आम चुनावबाट एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने मिसनमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

अहिले एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मात्र मोर्चा घोषणाको कुरा गरिएको ओलीले टिप्पणी गर्नुभयो ।