अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले चाकडीवाला पार्टी होइन: अध्यक्ष ओली

एमाले चाकडीवाला पार्टी होइन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तमासा र चाकडी गर्ने पार्टी नभएको बताउनु भएको छ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो।

अध्यक्ष ओली भन्नुभयो, ‘नेकपा एमाले तमासा गर्ने पार्टी होइन। यो जे भन्छ त्यो गर्छ। गर्ने कुरा मात्र भन्छ। यो सबै नेकपा एमालेले गर्दै पनि आएको छ।’

अध्यक्ष ओलीले राणाशासनको बेलामा जस्तो चाकडी गर्ने प्रथा आफ्नो पार्टीमा नरहेको पनि दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘कसले कति चाकडी गर्छ भन्ने राणाशासनको चाकडीवाला पार्टी होइन। कामको मूल्याकंनबाट आएको पार्टी हो।’