अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

५८ वर्षको मेरो राजनीतिमा मैले कुनै कुरा झुटो बोलेको छैन: अध्यक्ष ओली

५८ वर्षको मेरो राजनीतिमा मैले कुनै कुरा झुटो बोलेको छैन: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ५६ वर्षको राजनीतिक जिवनमा कुनै कुरा झुटो नबोलेको दाबी गर्नु भएको छ।

शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले विपक्षीहरुमाथि एमालेले लगाएको आरोप पनि सही आरोपमात्र रहेको दावी गर्नुभयो। एमालेले सही आरोप लगाउँदा विपक्षीहरुलाई भने रिस उठ्ने गरेको उहाँले सुनाउनु भयो ।