अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनकाे काम एमालेकाे विराेध गर्ने मात्रै हाे: अध्यक्ष ओली

गठबन्धनकाे काम एमालेकाे विराेध गर्ने मात्रै हाे: अध्यक्ष ओली


काठमाडाैं-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गठबन्धनवालाहरुकाे काम एमालेकाे विराेध गर्ने मात्रै रहेकाे बताउनुभएकाे छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यी गठबन्धनवालाहरुकाे काम एमालेकाे विराेध गर्ने मात्रै हो, अझ एमालेमा पनि अध्यक्षकाे विराेध गर्ने हाे।’

गठबन्धनले जनतालाई अलमल्याउने र भ्रममा पार्ने काम गरेकाे भन्दै उहाँले गठबन्धनकाे भ्रमबाट जनतालाई मुक्त गर्नुपर्ने बताउनुभयाे । सुनकाे जलारी चलाउँछु भनेर केपी ओलीले पित्तलकाे जलारी चडायाे भनेर माओवादी सांसद्ले संसद्‍मै बाेलेकाे भन्दै अध्यक्ष ओलीले संसद्‍मा झुठाे बाेल्नेले बाहिर कति विराेध गर्छन् भन्ने यसबाटै प्रष्ट हुने बताउनुभयाे।

अध्यक्ष ओलीले याे राजनीति कुनै राजनीति नभएकाे बताउनुभयाे । याे भनेकाे जनता अल्मल्याउने, भड्काउने, जनतालाई राजनीतिबाट वितृष्णा जगाउने उल्टाे बाटाे भएकाे भन्दै अध्यक्ष ओलीले यसले राम्राे परिणाममा नपुर्‍याउने बताउनुभयाे ।

विराेधीहरुलाई जवाफ दिँदै एमाले अघि बढ्ने भन्दै उहाँले एमालेकाे उद्देश्यकाे याे देशकाे रक्षा, सार्वभाैमसत्ता, स्वाधिनता, स्वतन्त्रता, भूगाेल र हितहरुकाे रक्षा रहेकाे बताउनुभयाे । देशकाे स्वाभिमान छाडेर विदेशीका अगाडि लम्पसार हुने नभइ समानताका आधारमा, राष्ट्रलाई फाइदा हुनेगरी जनताका लागि काम गर्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे।

कांग्रेसमा २-४ जना मात्रै रहने र अरु सबै एमाले हुने भन्दै उहाँले सम्झायाे बुझायाे भने कांग्रेसमा भएकाहरु एमालेमै आउने बताउनुभयाे ।