अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङको बाढीबारे संसदमा योगेश भट्टराईले भन्नुभयो-पिडितलाई राहात र उद्धार तत्काल होस

ताप्लेजुङको बाढीबारे संसदमा योगेश भट्टराईले भन्नुभयो-पिडितलाई राहात र उद्धार तत्काल होस

तत्कालका लागि वैकल्पि यातायातका लागि भद्रपुर र विराटनगरबाट सुकेटारमा हवाइ सेवा सञ्चालनको माग


काठमाडौं-प्रतिनिधी सभाका सदस्य योगेश भट्टराईले केहीदिन देखिको बाढीले पूर्वी पहाडका जिल्लामा भएका बाढी पिडितको राहत, उद्धार र क्षतिपूर्ती दिलाउन तत्काल सुरु गर्न माग गर्नुभएको छ।
ताप्लेजुको सिदिंबा,सिरसिजंगा,मैवाखोला,आठराई त्रिवेणी ,पक्ताक्लुंग,मेरिङदेन गाउँपालिका लगायतका ठाउँहरुमा आएको बाढी र पहिरोले पाँचजना वेपत्ता र अन्य मानिसहरु सुरक्षाको खोजी गर्दै विद्यालय र सामुदायिक भवनमा बस्नुपर्ने अवस्थामा रहेको भट्टराईले बताउनुभयो।
संसदको शुन्य समयमा बोल्दै उहाँले बाढी पहिरोका कारण मेहेलेमा एकै परिवारका चारजना बेपत्ता भएको, आंखोपमा थुप्रै घर क्षतिग्रस्त,सुरम्खिममा पनि उस्तै समस्या रहेको स्पष्ट पार्नुभयो । ‘सुरम्खिममा एक परिवार ओडारमा बसेका छन् । उनीहरुको स्थिती आज विहान देखि अज्ञात छ । तेल्लोक र याम्फूदिनमा पनि ठूलो क्षती भएको छ ’ भट्टराईले बताउनुभयो ।
जिल्लाको दोस्रो व्यापारिक केन्द्र दोभान बजारमा दुईदर्जन घरमा मैवाखोलाको बाढीले जोखिममा रहेको उहाँले बताउनुभयो । ‘मेची राजमार्गको हेंवा खोलाको पुल बाढीले क्षतिग्रस्त छ । ताप्लेजुङको सडक यातायात अवरुद्ध छ । मदन भण्डारी मार्ग बसन्तपुर दोभानबाट समेत आवागमन बन्द भएको छ ’ भट्टराईले भन्नुभयो ‘जसले गर्दा ताप्लेजुङमा यातायात, सञ्चार र विद्युत अवरुद्ध छ । विभिन्न ठाउँका मोटरेवल र झोलुंगे पुल भत्किएका छन् । बगाएका छन् । पाँचथरमा पनि दजर्नौं मानिस बेपत्ता छन् ।’
भट्टराईले अगाडी भन्नुभयो ‘ पूर्वी पहाडमा ठूलो मानवीय र भौतिक क्षती भएको छ । यो स्थितीको सभामुख मार्फत सरकारलाई ध्यानआकर्षण गराउन चाहन्छु ।’
गृहमन्त्रीलाई आजै बाढी पहिराको सम्पूर्ण क्षतीको विवरण संसदमा जानकारी दिन माग भट्टराईले माग गर्नुभएको छ ।‘ भौतिक मन्त्रीलाई पुल र सडकको अवस्था आजै जानकारी गराउन माग गर्दछु’ भट्टराईले संसदमा बोल्दै भन्नुभएको छ ‘ बेलिव्रिजको व्यवस्था गरेर तत्काल यातायात सुचारु गराउन आग्रह गर्दछु । सडक यातायात अवरुद्ध भएकोले भद्रपुर र विराटनगरबाट हवाइसेवा थप गरियोस भन्ने माग गर्दछु ।’