अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेशको बजेट जनमुखी बनाउन दबाब दिन अध्यक्ष ओलीको एमालेका प्रदेश साँसदलाई निर्देशन

प्रदेशको बजेट जनमुखी बनाउन दबाब दिन अध्यक्ष ओलीको एमालेका प्रदेश साँसदलाई निर्देशन


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारले ल्याएको बजेटलाई जनमुखी बनाउन दबाब दिन साँसदहरुलाई निर्देशन दिनुभएको छ ।
आज सातै प्रदेशका एमालेका प्रदेश साँसदहरुलाई भर्चुअल बैठकमा निर्देशन दिंदै अध्यक्ष ओलीले गठबन्धन सरकारले संघ देखि प्रदेशसम्म ल्याएको बजेट जनमुखी नभएकोले प्रतिपक्षी दलको हैसियतमा त्यसलाई परिमार्जन गर्न दबाब सृजना गर्न निर्देशन दिनुभएको छ ।
आजको बैठकमा सातै प्रदेशका दलक नेताहरुले आफ्नो आफ्नो प्रदेशको बजेटको प्राथमिकताका बारेमा बैठकमा रिर्पोटिङ गरेका थिए । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारले बजेट ल्याएकोले त्यसलाई पास गर्न र अन्य प्रदेशको बजेट संसोधन गर्न साँसदहरुलाई अध्यक्ष ओलीले निर्देशन दिनुभएको कोशी प्रदेशसभाका सदस्य चिन्तन पाठकले जानकारी दिनुभयो ।