अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीसँग भेटेपछि गौतमले भन्नुभयो: म पहिल्यै आउन खोजेको थिएँ, सलाम खाएर बस्न आउने होइन, खटेर काम गर्न आउने हो

अध्यक्ष ओलीसँग भेटेपछि गौतमले भन्नुभयो: म पहिल्यै आउन खोजेको थिएँ, सलाम खाएर बस्न आउने होइन, खटेर काम गर्न आउने हो


काठमाडौं-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासलस्थित पार्टी कार्यालय पुग्नु भएका वामदेव गौतमले एक घन्टा लामो भेट गर्नु भएको छ।

 एमाले अध्यक्ष ओली र गौतमबीच भएको कुराकानीमा गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एमालेमा समाहित गर्नेबारे छलफल भएको गौतमले जानकारी दिनुभयो।  

‘म पहिल्यै एमालेमा आएर सक्रिय हुन खोजेको हो, तर साथीहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा कुरा मिलिसकेको छैन,’ अध्यक्ष ओलीसँग भेटेपछि गौतमले भन्नुभयो, ‘अहिले चुनौतीको बेला छ, आगामी चुनावमा ६० लाख भोट कटाउने गरी काम गर्नुपर्छ। म पार्टीमा सलाम गर्न, सलाम खाएर बस्न आउने होइन, खटेर काम गर्न आउने हो।’

गौतमले भन्नुभयो, ‘आफ्नो पार्टीका नेता कार्यकर्ता कसरी व्यवस्थापन गर्नुहुन्छ ? पहिला त्यसबारे मोडल तय गरौँ त्यसो भएपछि हामी आउँछौ भनेर भनेँ।’

अध्यक्ष ओलीले गौतमलाई पार्टीमा सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । उहाँको जिम्मेवारी के हुने भन्ने प्रष्ट खुलेको छैन।

अध्यक्ष ओलीले नेताहरुसँग सल्लाह गरेर बताउने भनेको गौतमले बताउनु भयो । एमाले कार्यालय स्रोतका अनुसार गौतम ओलीसँग भेटेपछि उत्साहित हुनु भएको छ ।