अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्रीको क्लब बनाउनुपर्छ: पृथ्वीसुब्बा गुरुङ

प्रधानमन्त्रीलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्रीको क्लब बनाउनुपर्छ: पृथ्वीसुब्बा गुरुङ


काठमाडौं-नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सातै प्रदेशका मुख्यमन्त्रीहरुको क्लव निर्माण गर्नुपर्ने बताउनु भएको छ।

आज गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

उपमहासचिव गुरुङले सातै प्रदेशका मुख्यमन्त्रीहरूले आफ्नो अधिकार प्राप्तिका लागि प्रधानमन्त्रीलाई दबाब दिन एउटा क्लब बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो।

उहाँले सबै प्रदेशका मुख्यमन्त्री भइसकेपछि फरक पार्टीका हुने र त्यसले प्रधानमन्त्रीलाई प्रदेशका अधिकार काट्नबाट दबाब सिर्जना हुने बताउनु भयो ।

‘मुख्यमन्त्रीहरूको एउटा संघ बनाएर प्रधानमन्त्रीलाई आफ्नो अधिकारको लागि दबाब दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘केन्द्र सरकार संघीयताविरूद्ध लागिरहेको छ भने मुख्यमन्त्रीको क्लबले दबाब दिनुपर्छ।’

उहाँले सांसदहरूले मनपरी खर्च गर्ने, आर्थिक नियमावली पालना नगर्ने भन्ने आरोपहरू लाग्ने गरेको भन्दै त्यसमा पनि चनाखो हुन आवश्यक रहेको बताउनु भयो ।

‘सांसदहरूले मनपरी खर्च गर्छ, आर्थिक नियमावली पालना गर्दैनन्, धेरै बेरुजु त्यहीँ देखिन्छ भन्ने गरी गाली गर्दछन्, त्यसैले
हामीले आफूलाई पनि ठिक ढंगबाट चलाउनुपर्छ,’ उहाँले भन्नुभयो ,‘कमसेकम मुख्यमन्त्रीहरूमाथि मन्त्री हुने स्तरका नराख्ने र पार्टीबाट निकालेर दिँदा व्यवस्था बदनाम हुन्छ। हामीले जनताको सेवा पूरा गर्न सकेका छैनौं। यो बजेटप्रति गाउँपालिका, नेपाल नगरपाकिला संघको गम्भीर असहमति छ। मुख्यमन्त्रीहरुको एउटा संघ बनाएर प्रधानमन्त्रीलाई आफ्नो अधिकारको लागि दबाब दिनुपर्छ।’