अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनले प्रदेशको औचित्य समाप्त पार्न खोज्यो: प्रदीप ज्ञवाली

गठबन्धनले प्रदेशको औचित्य समाप्त पार्न खोज्यो: प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनको सरकारले प्रदेशको औचित्य समाप्त पार्न खोजेको आरोप लगाउनु भएको छ।

आज सातै प्रदेशका नेकपा (एमाले)बाट निर्वाचित प्रदेश सभा सांदहरूसँग भर्चुअल बैठकलाई सम्बोधन गर्दै गठबन्धनले प्रदेशको औचित्य समाप्त गर्न चाहनेलाई सहयोग पुर्‍याउने काम गरिरहेको जिकिर गर्नुभयो।

बैठकमा प्रदेशसभा नेकपा (एमाले) संसदीय दलका नेताहरूले आआफ्ना प्रदेशमा सरकारद्वारा प्रस्तुत नीति, कार्यक्रम र बजेटका सम्बन्धमा अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराउनु भएकाे थियो ।

बजेट देशको समग्र विकासमा नभई मुख्यमन्त्री, अर्थमन्त्री र पूर्वाधार विकासमन्त्रीको निर्वाचन क्षेत्रमा केन्द्रित रहेको ज्ञवालीको टिप्पणी छ।

बजेटले जनताका आधारभूत आवश्यकतालाई ध्यान नदिएको, कृषि क्षेत्रको विकास र आधुनिकीकरण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य क्षेत्रमा ध्यान दिन नसकेको, दलीय आग्रह र कार्यकर्तामुखी खुद्रे कार्यक्रममा केन्द्रित रहेको, वितरणमुखी, गन्तव्यहीन रहेको, जनताको पक्षमा नरहेको, पन्ध्रौं पञ्चवर्षीय योजनालाई बेवास्ता गरेको प्रदेश संसदीय दलका नेताहरूले जानकारी गराउनुभयो ।

बैठकमा सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता राजेन्द्रसिंह रावल, कर्णाली प्रदेशका संसदीय दलका नेता यामलाल कँडेल, लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी, गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपाली, बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवले प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटका बारेमा जानकारी गराउँदै धारणा राख्नु भएको थियो ।