अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई साँसद सुनिता बरालको प्रश्न : उपप्राध्यापक कुट्नेको मुद्धा फिर्ता लिन मिल्छ ?

काठमाडौं प्रतिनिधिसभा सदस्य सुनिता बरालले लोकतन्त्र प्रणाली मात्र नभएर अभ्यास पनि भएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै बरालले देश लोकतान्त्रिक प्रणालीमा भए पनि नागरिकले त्यसको अनुभूति गर्न नपाएको बताउनुभयो । ‘लोकतान्त्रिक अभ्यासमा आज हामी छौँ, तर सरकारसँग देशसँग, राज्यसँग नेपाली जनता आक्रान्त हुनु परेको छ, आतंकित हुनु परेको छ र त्रसित भएर बाँचिरहनु परेको छ’, बरालले भन्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न बनाएर फाल्ने नेविसंघका कार्यकर्ता माथि लगाएको मुद्दा फिर्ता लिएर सरकारले राज्य आतंक मच्चाएको उहाँले बताउनुभयो । ‘अब के सरकारले सबै न्यायालय बन्द गर्न खोजेको हो रु अब के सरकारले कोही पनि नेपाली जनतालाई परेको समस्यामा राज्य छैन भन्ने कुराको सन्देश दिन खोजेको हो रु कुनै पनि पेसा व्यवसायसँग सम्बन्धित व्यक्ति अब आफ्नो कार्य क्षेत्रमा जानु पर्ने कि नपर्ने रु’, उहाँले प्रश्न गर्नुभयो ।

विश्व विद्यालयमा पठन पाठन सुचारु हुनु पर्छ भन्ने उपप्राध्यापकलाई मरणासन्न बनाइएको भन्दै बरालले त्यस्तो घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्नुको सट्टा छाड्ने कार्यले दण्डहीनताको अवस्था सिर्जना भएको बताउनुभयो ।

काठमाडौं – प्रतिनिधिसभा सदस्य सुनिता बरालले लोकतन्त्र प्रणाली मात्र नभएर अभ्यास पनि भएको बताउनुभएको छ ।