अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा साँवाको प्रश्न : राजा महेन्द्रले तोकेको महंगो मालपोत महाभाराबासीले कहिलेसम्म तिर्नुपर्ने हो ?

संसदमा साँवाको प्रश्न : राजा महेन्द्रले तोकेको महंगो मालपोत महाभाराबासीले कहिलेसम्म तिर्नुपर्ने हो ?


संसदमा साँवाको प्रश्न राजा महेन्द्रले तोकेको महंगो मालपोत महाभाराबासीले कहिलेसम्म तिर्नुपर्ने हो ?
काठमाडौं -नेकपा एमालेका साँसद एलपी साँवाले झापाको गौरीगञ्जवासीले १४ सय विगाहा क्षेत्रको मालपोत चार दोब्बर बढी तिर्नुपरेको बताउनुभएको छ । अन्य जग्गाको प्रतिविगाहा ७ सय रुपैंया मालपोत तिर्दा हुने भएपनि चतरा गुठीको जग्गाको मालपोत २७ सय रुपैंया प्रति विगाहा तिर्नु परेको उहाँले बताउनुभयो ।
‘झापाको गौरीगञ्ज गाउँपालिका १ महाभाराको १४ सय बिगाहा जग्गाको मलपोत २०१६ सालदेखि चतरा गुठीलाई बुझाउनु पर्ने राजा महेन्द्रले नियम लगाइदिएका थिए’ साँवाले सरकारको ध्यान आकर्षण गराउदै भन्नुभयो ‘जग्गाधनीले चतरा गुठीलाई मालपोत बुझाउन झन्झट मात्र भएको छैन चार दोब्बर महंगो पनि छ ।’
साँवाका अनुसार अन्य रैकर जग्गाको प्रति बिगाहा ७ सय रुपैंया मालपोत बुझाउने गरिएको छ भने गुठीको जग्गाको २७ सय रुपैंया बुझाउनु पर्दछ । मालपोतको रकम पनि दमक स्थित मालपोत कार्यलयमा बुझाउनु पर्ने भएकोले यसलाई संसोधन गरेर सम्बन्धित वडा कार्यलयमा नै मालपोत कर तिर्ने व्यवस्थ गरिदिन सरकारसँग साँवाले माग गर्नुभएको छ ।
आजको संसद बैठकमा झापा क्षेत्र नं ४ सँग सम्बिनधत रहेको जग्गा सम्बन्धी नै अर्को पुरानो विषयमा पनि साँवाले सरकारको ध्यान आकर्षण गर्नुभएको छ । २०३२ सालमा कोरियन सरकारको सहयोगमा निर्माण भएको कन्काई नहरमा परेको जग्गाको लागत हालसम्म नकाटिएकोले त्यसबेलाका जग्गा धनीले अहिले पनि मालपोत तिरिरहनु परेको साँवाले बताउनुभयो । ‘नहरमा परेको जग्गाको लगत तत्काल काटियोस । किसानलाई अनावश्यक मालपोतको भार नबोकाइयोस’ साँवाले संसदमा भन्नुभएको छ ।