अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गाडी दुर्घटनामा परेका सुदुरपश्चिमका मन्त्रीको मृत्यू

गाडी दुर्घटनामा परेका सुदुरपश्चिमका मन्त्रीको मृत्यू


कैलाली – गाडी दुर्घटनामा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।
बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ५ बजेर ३३ मिनेट जाँदा सिंहको मृत्यु भएको मेडिकल कलेज सूचना अधिकारी सञ्जय पन्तले जानकारी दिनुभयो ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।