अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्यटक बिरामी पार्ने र फेक रेस्क्यू गर्नेलाई कारबाही होस : सुनिता बराल

पर्यटक बिरामी पार्ने र फेक रेस्क्यू गर्नेलाई कारबाही होस : सुनिता बराल


काठमाण्डौं- एमाले सांसद सुनिता बरालले पदयात्राका क्रममा विदेशी पर्यटकको हेलिकोप्टरमार्फत ‘फेक रेस्क्यु’ का नाममा भइरहेको ठगी रोक्न माग गर्नुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले नक्क्ली बिरामी बनाएर फेक रेस्कु गर्ने पद्धतिले नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रिएको बताइन् । पर्यटन व्यवसायीले अखाद्य वस्तु खुवाएर पर्यटक बिरामी बनाउने र उद्धारका नाममा ठगी गर्ने गरेको उनको भनाइ थियो । ‘विदेशी पर्यटकहरु पर्यटकहरु ट्रेकिङ जाँदा विभिन्न बहानामा अखाद्य पदार्थ मुसाको विष्टा आदि खुवाएर बिरामी बनाई पदयात्रा चलाउने कम्पनीको मालिक र गाईडले सेटिङ गरी हेलिकप्टरमार्फत काठमाण्डौं ल्याई दशौं हजार डलर अर्थात् लाग्ने भन्दा ३र४ गुणा बढी रक़म असुल गर्ने क्रम चल्यो’, उनले भनिन् । बीबीसी र रोयर्टजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थाले नेपालमा विदेशी पर्यकटलाई उद्धारका नाममा गरिने ठगीबारे सचेत गराएपछि विदेशी बीमा कम्पनीले प्रतिनिधि नै पठाएर सरकारको ध्यानाकर्षण गराएको स्मरण गर्नुभयो । ठगीबारे अध्ययन गर्न तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सहसचिव घनश्याम उपाध्यायको नेतृत्वमा छानबिन समिति गठन गरेको र समितिले २१ कम्पनीमाथि छानबिनको दायरामा ल्याउन सिफारिस गरेकामा हालसम्म कारबाही नभएकामा बरालले सरकारको ध्यानाकर्षण गराउनुभयो । हाल बीमा कम्पनीले कडाई गरेर भुक्तानी रोकेपछि स्वाकन हस्पिटल, एरा होमलगायत अनाधिकृत हस्पिटल सञ्चालन गरी पर्यटक बिरामी बनाई ठगी गरिरहेको आरोप बरालले लगाइन् । ‘अहिले विदेशस्थित १४ वटा इन्सुरेन्स कम्पनीले मोर्चा बनाई कडाइको साथ बिल हेर्ने सरकारलाई झझक्याउने कार्य गरेको तर सरकार कानमा तेल हालेर बसेको छ’, उहाँले भन्नुभयो, ‘यसले नेपालको पर्यटन क्षेत्र विकृत र अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम हुन पगेकाले तुरुन्त छानबिन गरी कारबाही अगाडि बढाइयोस् ।’