अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यू मिडिया र सामाजिक सञ्जाल परिचालनमा जोड दिन जनसंगठनहरुको एमालेलाई सुझाव

न्यू मिडिया र सामाजिक सञ्जाल परिचालनमा जोड दिन जनसंगठनहरुको एमालेलाई सुझाव


काठमाडौं – बदलिदो परिस्थितीमा न्यू मिडिया र सामाजिक सञ्जाल परिचालनमा जोड दिन जनसंगठनहरुले नेकपा एमालेलाई सुझाव दिएका छन् । एमालेले बदलिदो परिस्थितीमा प्रभावकारी प्रचार योजना बनाउनु पर्ने जनसंगठनहरुको सुझाव छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आज पार्टी केन्द्रीय कार्यलय च्यासलमा पार्टीका २३ वटै जनसंगठनका प्रमुखहरुसँग अन्तरक्रिया गर्दा उक्त सुझाव आएको हो ।

बैठकमा सवै जनसंगठनले सोसल मिडिया परिचालनदेखि अन्य कामबारे जानकारी गराएका छन । विभागका प्रमुख एवं स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जनसंगठनका प्रचार विभाग प्रमुखहरुले दिएका सुझावलाई समेटेर २०८० सालको पार्टी प्रचार योजना तयार गरिने बताउनुभएको छ ।
बैठकमा प्राप्त सुझावका आधारमा छिटै अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, सवै प्रचार बिभागबीच सञ्जाल निर्माण गर्ने, त्रैमासिक रुपमा बैठक गर्ने र सामाजिक सञ्जाल÷आमसञ्चारमा प्रभावकारी कन्टेन्ट उत्पादन र बितरणको बिषयमा नियमित छलफल गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रमुख गौतमसहित सचिव गगन बिष्ट, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, एमाले प्रचार बिभागका सदस्य श्रीधर आचार्यलगायतका पत्रकार नेताहरु सहभागी हुनुभएको थियो । बैठकमा प्रेस चौतारीले सवै जनसंगठनसँग समन्वय गरी पत्रकार सम्मेलनदेखि प्रचारको सवै काममा सहकार्य गर्ने जानकारी गराएको छ ।