अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 बजेटमा उठेका प्रश्नको आजदेखि मन्त्रीहरुले जवाफ दिने

 बजेटमा उठेका प्रश्नको आजदेखि मन्त्रीहरुले जवाफ दिने


काठमाडौँ-प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ। 

आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ। विभिन्न संसद्ले यस कार्यालयको खर्च कटौती गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । 

आजदेखि मन्त्रीहरूले  सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यको सुरुवात हुनेछ ।  

जसअनुसार आज गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

बजेट छलफलको क्रममा सांसद्हरुले समावेशी वितरण नभएको आरोप लगाइरहेका छन् । सत्तारुढ दलहरूले नै असन्तुष्टि जनाएपछि बजेटका केही बुँदा संशोधन गरेर पारित गर्ने तयारीमा सरकार जुटेको छ ।