अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक : आज पनि सांसदका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

प्रतिनिधिसभा बैठक : आज पनि सांसदका प्रश्नको मन्त्रीहरूले जवाफ दिने


काठमाडौँ-आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ । 

आज रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

हिजो गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले जवाफ दिएका थिए ।