अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेनिकट प्रवासी नेपाली मञ्च मलेसियाको अध्यक्षमा दयाराम कुमाल चयन

एमालेनिकट प्रवासी नेपाली मञ्च मलेसियाको अध्यक्षमा दयाराम कुमाल चयन


क्वालालम्पुर-नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च मलेसियाको अध्यक्षमा दयाराम कुमाल सर्वसम्मत चयन हुनु भएको छ। क्वालालम्पुरस्थित ग्राण्ड कन्टिनेन्टल होटलमा सम्पन्न दोस्रो अधिवेशनले कुमालको नेतृत्वमा नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्ष जीवन देवान गाँउले, उपाध्यक्ष खगेन्द्र श्रेष्ठ, सचिव कृष्ण खड्का, सह–सचिव रविन कार्की, दिनेश खप्तडी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा दिल्ली न्यौपाने, चित्र बहादुर थापा, प्रेम मगर, तोप नारायण भण्डारी, नेत्र खड्का, छविलाल गीरी, मोहन खाती र राधिका क्षेत्री चयन भएका छन् ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गर्नु भएको थियो भने महाधिवेशन उद्घाटन सत्रको अध्यक्षता शेरवहादुर गुरुङले गर्नु भएको थियो ।

महाधिवेशनमा एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत, जिफन्टका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठ, केन्द्रीय सदस्य कृष्ण केसीलगायतका नेताले शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा लोकगायक बद्री पंगेनी, पुर्णकला बी.सी., करिस्मा ढकाल र राजन बर्देवाले सांगितिक प्रस्तुति दिनु भएको थियो ।
अधिवेशनमा गैर आवसीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापा, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपीन राई, प्रवासी नेपाली जनसम्पर्क मञ्च मलेसियाका अध्यक्ष चोला पंगेनी लगायतको उपस्थिति रहेको थियो ।