अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक : बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

प्रतिनिधिसभा बैठक : बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने


काठमाडौँ-प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो ।  

बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यलाई निरन्तरता दिइएको संसद् सचिवालयले जनाएको छ ।   

आजको  बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

हिजो रक्षा, सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले जवाफ दिएका थिए ।