अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा बैठकमा आज विनियोजन विधेयक प्रस्तुत हुने

राष्ट्रियसभा बैठकमा आज विनियोजन विधेयक प्रस्तुत हुने


काठमाडौँ-राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ः३१ बजे बस्ने भएको हो ।  

आजको बैठकमा राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् । यस्तै अर्थमन्त्री डा. प्रकाश शरण महतले विनियोजन विधेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची  छ ।

यसैगरी विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने  त्यसलाई पारित गरियोस् भन्ने प्रस्ताव शिक्षा मन्त्री अशोक राईले गर्ने कार्यसूचीमा उल्लेख छ ।  

मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल हुने र सो विधेयक पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।