अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै


काठमाडौँ-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुने भएको छ । 

मुख्यमन्त्री कार्कीले आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनुहुने भएको हो । हिजो विश्वासको मत लिने तयारी गरेपनि अन्तिममा प्रदेशसभा बैठक स्थगित भएको थियो । मुख्यमन्त्री कार्कीले हिजोको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव समेत पेश गर्नुभएको थियो । 

मुख्यमन्त्री कार्कीलाई एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेको छ ।  राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहनेछ ।  तर कोशी प्रदेशमा सरकार बनाउन ४७ जना सांसद आवश्यक पर्छ ।

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादीको (सभामुखसहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।