अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्यार्थीलाई खेतमा नै धान दिवस पढाइदै

विद्यार्थीलाई खेतमा नै धान दिवस पढाइदै


दमक-आज असार १५ अर्थात नेपालमा धान दिवसको रुपमा मनाइदैछ। यो अवसरमा नेपालका रहेक खेतमा धान रोपाई गर्दा दही, चिउरा खाएर देशैभर मनाइदैछ। खासगरी यो दिवसमा दही र चिउरा खाएर मनाइएको दिवसको कार्यक्रममा विद्यार्थीलाई धानबाट चिउरा बन्छ भन्ने कुरा शिक्षकले बताइरहेका थिए।

विद्यार्थीले व्यावहारिक शिक्षा कम भएकाले आफ्नै अगाडि खेतमा फलेको धानबाट चिउरा चमल बन्छ भन्ने कुरा नै पछिल्लो पुस्ताका विद्यार्थीलाई थाहा नभएको झापाको कमल गाउँपालिका-५ स्थित स्मारिका सामुदायिक बोडिङ स्कूलका प्रिन्सिपल पुर्णराज गिरीले बताउनु भयो । यसरी कक्षाकोठ भित्र मात्र किताब घोकाउने अध्ययन प्रवृतिले गर्दा विद्यार्थीमा व्यावहारिक ज्ञान कम हुँदै गएको छ। त्यसैले हामीले विद्यार्थीलाई खेतमा नै हिलोमा धान रोप्न सिकाउन ल्याएका हौँ प्रिन्सिपल गिरीले बताउनु भयो।

झापाको कमल गाउँपालिका-५ स्थित स्मारिका सामुदायिक बोडिङ स्कूलका विद्यार्थी धान रोप्दै

यही औपचारिक शिक्षालाई व्यावहारिक ज्ञान दिने उदेश्यले आज विद्यार्थीलाई शिक्षक तथा अभिभावकसँगै राखेर संयुक्त रुपमा खेतमा धान रोपेर सिकाउने प्रयास गरिएको प्रिन्सिपल गिरीले बताउनु भयो। आफ्ना २० प्रतिशत विद्यार्थीले पनि धानबाट चिउरा बन्छ भन्ने जानकारी नरहेको उहाँको अनुमान छ। परम्परागत ज्ञान र सीप सिकाउने उदेश्यले हरेक वर्ष विद्यार्थीलाई यसरी खेतमामा नै लगेर सिकाउने गरिएको शिक्षिका लिला भट्टराईले बताउनु भयो।

असारमा मात्र होइन विद्यालयले स्थानीय जातजातीका विभिन्न पर्वहरुको विषयमा जानकारी दिन सो समुदायको बस्तिमा नै गएर चाडवाड र खाने कुराको विषयमा अध्ययन गराइने गरिएको छ। झापामा बसोबास गर्ने राजवंशी ताजपुरिया समुदायले वैशाख अर्थात नयाँ वर्षको अवसरमा मनाउने सिरुवा पर्वको विषयमा समेत जानकारी गरिएको थियो शिक्षिका दुर्गा उप्रेतीले बताउनुभयो।
सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत रोशन ढकालले राष्ट्रिय धान दिवस भनेको के हो ? यो किन मनाइन्छ भन्ने विषयमा जानकारी भएको बताउनु भयो । यसबाट धानखेती कुन मौषममा कसरी गरिन्छ भन्ने विषयमा अब आफूलाई प्रष्ट भएको बताउनु भयो।
विद्यालयको यो व्यवाहारिक सिकाइले आफुलाई बुझ्न सहज भएको कक्षा ९ मा अध्ययनरत सौरभी लावतीले बताउनु भयो। हाम्रो विद्यालयका धेरै विद्यार्थीलाई खेतमा फलेको धानको चामल, मुरै भुजा, लगायतका खाद्य परिकार बन्ने कुरा सिकेको बताउनु भयो। कक्षाकोठाभित्र कितावमा धोकेको भन्दा यसरी खेतमा आएर सिक्न पाउदा धेरै सहज भएको विद्यार्थीहरुको बुझाइ छ।
यही धान यो देशको मुख्य खाद्य बाली हो । यही तर पछिल्लो समय मानिसको जीवनमा भएको परिवर्तनले गर्दा कृषी पेशाबाट पयालन हुदै गएकाले बिद्यालय तहबाट नै व्यावहारिक शिक्षा दिन आवश्यक रहेको कमल गाउँपालिका शिक्षा शाखाका प्रमुख सूर्य न्यौंपानेले बताउनु भयो । स्मारिका सामुदायिक बिद्यालयले आयोजना गरेको धान दिवस कायक्रममा कमल गाउपालिका शिक्षा अन्र्तगत शिक्षा शाखाका प्रमुख सूर्य न्यौपाने वाड्न ५ का वडाध्यक्ष लालबहादुर बिष्ट, वाड्न ३ का वडाध्यक्ष अग्नि कोइराला समेतले धान रोपेका थिए ।