अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले तेह्रथुम अध्यक्षमा शिव ढुंगाना र सचिवमा तारामान मादेन

एमाले तेह्रथुम अध्यक्षमा शिव ढुंगाना र सचिवमा तारामान मादेन


काठमाडाैं- नेकपा एमाले तेह्रथुमकाे अध्यक्षमा शिव ढुंगाना निर्वाचित हुनुभएकाे छ। एमाले तेह्रथुमको १२औं जिल्ला अधिवेशनले ढुंगानाकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेकाे एमाले काेशी प्रदेश इञ्चार्ज शेरधन राईले जानकारी दिनुभयाे।

अधिवेशनबाट उपाध्यक्षमा सन्तोष तिगेला, सचिवमा तारामान मादेन, उपसचिवमा यादव बहादुर खापुंग र तारा ढकाल निर्वाचित हुनुभएकाे छ।

ढुंगाना २३६ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिष्पर्धी गोविन्दराज श्रेष्ठले २ सय ४ मत पाउनुभयाे । तिगेला उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभयाे ।

मादेन २ सय २८ मत ल्याएर सचिवमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिष्पर्धी छत्र रिमालले २ सय २ मत मात्र पाउनुभयाे । उपसचिवमा खापुङ २ सय २० मत ल्याएर विजयी हुनुभयाे । उहाँका निकटतम प्रतिष्पर्धी अर्जुन ढुंगानाले २ सय ८ मत पाउनुभयाे । ढकाल १ सय ७५ मत ल्याएर महिला उपसचिवमा निर्वाचित हुनुभयाे ।

जिल्ला सदरमुकाममा जारी अधिवेशनमा मंगलबार र बुधबार सहमतिको प्रयास गरिएपनि अध्यक्षका प्रत्यासीहरु श्रेष्ठ र ढुंगानाबीच सहमति हुन नसकेपछि मतदानबाट नेतृत्व चयन गरिएकाे हाे ।