अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधवजी र मैले फेरि नेकपातिरै फर्किनुपर्छ भनेका छौँ : प्रधानमन्त्री प्रचण्ड

माधवजी र मैले फेरि नेकपातिरै फर्किनुपर्छ भनेका छौँ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले समाजवादी मोर्चा घोषणाको बेलामा पनि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र आफूले  फेरि नेकपातिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको बताउनुभयो । उहाँले त्यसका लागि समाजवादी मोर्चा बनाएर बामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल सुरु गरिसकेको पनि बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले  तत्कालीन नेकपामा रहेका बेला भएका त्रुटिलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।