अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक बस्दै, विश्वविद्यालय विधेयक पेश गरिने

प्रतिनिधिसभा बैठक बस्दै, विश्वविद्यालय विधेयक पेश गरिने


काठमाडौँ-प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजे बस्ने भएको हो ।  

आजको बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

सङ्घीय संसद् सचिवालयको सम्भावित कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । 

विधेयकमाथि छलफल भएपछि त्यसमा आएका संशोधनहरू निणार्याथ प्रस्तुत हुनेछ भने विधेयकलाई आजै पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।