अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा बैठक बस्दै, अवरोध गर्ने प्रतिपक्षी दलको तयारी

राष्ट्रियसभा बैठक बस्दै, अवरोध गर्ने प्रतिपक्षी दलको तयारी


काठमाडौँ-राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो । 

यसअघि हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ः०० बजेलाई बोलाइएको थियो । 

तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान कायम राखेका कारण बैठक आजका लागि बोलाइएको हो । 

भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेका छन् ।