अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा बैठक : बजेटमाथि मन्त्रालयगत छलफल हुने

राष्ट्रियसभा बैठक : बजेटमाथि मन्त्रालयगत छलफल हुने


काठमाडौँ-राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा आज दिउँसो १२ः२९ बजे बस्ने भएको हो । 

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार  बैठकमा विनियोजन विधेयक २०८० (बजेट) माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ । 

आजको गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयलाई छुटाइएको बजेटमाथि छलफल हुनेछ । 

सो अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० सभा समक्ष पेस गर्नेछन् ।