अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले संसद् चलन नदिने, सभामुखले दलका प्रमुख सचेतकसँग छलफल गर्ने

एमालेले संसद् चलन नदिने, सभामुखले दलका प्रमुख सचेतकसँग छलफल गर्ने


काठमाडौँ-नेकपा एमालेले आज पनि संसद् बैठक अवरुद्ध गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि  एमालेले उहाँको राजीनामा माग्दै आएको छ । 

एमाले सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले राजीनामा नदिँदा सम्म संसद् बैठक चल्न नदिने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको राजीनामाबाट एमाले पछि नहट्ने स्पष्ट पार्नुभयो । 

यसैबीच संसद् सञ्चालन गर्न सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरुसँ छलफल गर्नुहुने भएको छ ।