अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित

राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित


काठमाडौँ-राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।

राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहीबार बिहान १० बजेर एक मिनेट जाँदा सुरु हुनेछ ।

भोलि बस्ने बैठकमा मन्त्रीहरूले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् ।  विनियोजित विधेयक भोलि नै निर्णयार्थ प्रस्तुत गरिने छ ।