अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै


काठमाडौँ-दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै हुनुहुन्छ ।  

नेपालस्थित अमेरिकी दूतावासले सहायक विदेशमन्त्री डोनाल्ड आज नेपाल भ्रमणमा आउने जानकारी दिएको हो । 

नेपाल भ्रमणका क्रममा मन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । 

उहाँले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थाका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाइएको छ ।  

डोनाल्ड केही दिनदेखि भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा निस्केका थिए । सोही क्रममा उनी नेपाल आउन लागेको बताइएको छ ।