अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस प्रदेश एमालेको नेतृत्व विकास कार्यशाला सुरु  

मधेस प्रदेश एमालेको नेतृत्व विकास कार्यशाला सुरु  


काठमाडौँ-नेकपा एमाले मधेस प्रदेश पार्टी स्कुल विभागको आयोजनामा नेतृत्व विकास कार्यशाला सुरु भएको छ । 

आजदेखि तिन दिनसम्म चल्ने कार्यशालामा पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला अध्यक्षहरू र स्कुल विभागका सदस्यसहित ५७ जनाको सहभागिता रहेको छ । 

तिन दिनको आवासीय कार्यक्रममा विभिन्न विषयमा छलफल र अन्तरक्रिया गरी मधेस प्रदेशमा एमालेलाई बलियो, प्रभावशाली र लोकप्रिय राष्ट्रिय शक्ति बनाउन कार्ययोजना निर्माण गरिने पार्टी सचिव तथा मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो । 

कार्यक्रम बाराको पिलुवास्थित ॐशान्ती भवनमा आयोजना गरिएको छ । उहाँका अनुसार तिन दिन सामूहिक र सादा भोजन हुने तथा सहभागीहरूलाई स्थानीय पार्टीका घर/घरमा सुत्ने व्यवस्था गरिएको छ ।