अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकारविरुद्धको रिट : आजबाट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै

कोशी सरकारविरुद्धको रिट : आजबाट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै


काठमाडौँ-कोशी प्रदेश सरकारविरुद्धको रिटमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । उक्त रिटमा आज तीन न्यायाधीशको इजलासमा सुनुवाइ हुने भएको हो । 

गत २१ असारमा सभामुख बाबुराम गौतमको समेत समर्थन पेस गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्ति गरेपछि एमालेका हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।  

उहाँले थापा नेतृत्वमा बनेको सरकार अवैध ठहर गरी त्यसअघिको सरकारलाई काम गर्ने आदेश माग गर्नुभएको छ । 

हिजो न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको सोमबारको इजलासले कोशी सरकारविरुद्ध रिट पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो । 

उक्त रिटमा असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापा नेतृत्वको सरकार कायम रहेको ठहर गर्दै दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश दिएको थियो ।